Logo

दुर्गा प्रसाईले भारतीय नेताहरुसँग ‘लिम्पियाधुरा, लिपुलेक तपाईँहरुलाई चाहिन्छ भने लानुहोस’ भनेर किन भने ? (भडिओसहित)



काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेपालले भारतको विरोध गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले भने,‘भारत हाम्रो छिमेकी हो, छिमेकीको किन विरोध गर्नु ? उसैको खानु अनि उसैको किन विरोध गर्नु ? हँ, स्कुल बनाईदे भनेर भारतलाई भन्ने, एउटा एम्बुलेन्स चाहिँदा भारतलाई भन्ने, अस्तिको चुनावमा २५० गाडी भारतले पठायो, सबै भारतको गाडी चढेर हिँड्ने अनि उसैको किन विरोध गर्ने ?’ नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्यो भन्नु पनि गलत भएको प्रसाईको टिप्पणी छ ।

प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘हस्तक्षेप गर्ने मौका त यिनीहरुले पो दिएको हो त, कसले दिएको हो ? त्यही भएर त मैले भनेको, बरु सक्दैनौं भने बुझाईदेओ न, स्टेट बनाउन देउ ।’ उनले आफूले पनि भारतका केही नेताहरुसँग कुरा गरेको स्मरण गराए । भारतीय नेताहरुसँग आफूले भनेको कुरा स्मरण गराउँदै उनले भने,‘मैले पनि भारतका केही नेताहरुसँग कुरा गरें, नेपाल भनेको नेपाल हो, लिपिम्याधुरा, कालापानी हाम्रो हो । तर, तपाईँहरुलाई चाहिन्छ भने लानुहोस, यसको सट्टामा हामीलाई बन्दरगाह जाने बाटो दिनुहोस, लिखित सम्झौता गरौं । तपाई मानसरोबर जाने बाटो लिनुहोस, हामीलाई बन्दरगाहा जाने बाटो दिनुहोस । कालापानी र सुस्ताको विषय छ नि यहाँ, त्यसलाई स्ट्रेट गरौं, अब सिमाना नमिचौं । तपाईँको भागमा परेको तपाई लिनुहोस, हाम्रो भागमा परेको हामी लिन्छौं । अब यत्रो तपाईं महाभारत छ, कति चाहियो जमिन ? भन्ने मान्छे दुर्गा प्रसाई हो ।’ नेपालका नेताहरु भने भारत पुगेर ५० लाख लिने र आफ्नो छोराछोरी पढाईदेउ भनेर लम्पसार पर्ने गरेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्