Logo

गठबन्धन नेतृत्वमा सरकारमा जाने लोसपाको निर्णय



काठमाडौं, २७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

आज (मंगलबार) बसेको पार्टीको हाईकमाण्डको बैठकले यस्तो निर्णय गरेको हो ।

एक नेताकाअनुसार पार्टीले गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तामा देउवाले ठाकुरलाई नयाँ सरकार गठनमा सहभागी हुन आग्रह गरेका थिए ।

देउवाको प्रस्तावअनुसार नै ठाकुरले नयाँ सरकारमा सहभागी हुनेबारे निर्णय गराएका ह्ुन् ।

मंसिर ४ गतेको निर्वाचनमा लोसपा गठबन्धनबाटै चुनाव लडेको हो ।



प्रतिक्रिया दिनुहोस्