Logo

चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न सुरु



काठमाडौं, मंसिर २८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्नुका साथै पहाडी भूभागको मौसममा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot