काठमाडौं, २८ मंसिर । थारु कल्याणकारिणी सभा/थरुहट/थारुवान संयुक्त सघर्ष समितिले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ ।
समितिले मुलुकी फौजदारी संहिता कार्यविधि सम्बन्धमा संविधानसम्मत ल्याएको अध्यादेश सकारात्मक एवं स्वागतयोग्य भन्दै राष्ट्रपतिबाट अविलम्ब जारी हुनुपर्ने बताएको छ । आज समितिले काठमाडौंको माइतीघरमा अध्यादेशको पक्षमा स्वागत–प्रदर्शन गरेको हो ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम