Logo

पोर्चुगलका फुटबल प्रशिक्षक बर्खास्त



काठमाडौं, पुस १ । विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई मैदानबाहिर राखेको भन्दै विवादमा तानिएका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् ।

पोर्चुगल फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक सान्तोसलाई बिहीबार बर्खास्त गरेको हो ।

प्रशिक्षक सान्तोसले दुई खेलमा कप्तान रोनाल्डोलाई बेञ्चमा राखेका थिए । रोनाल्डो बेञ्चमा बसेको खेलमा पराजित हुँदै पोर्चुगल क्वाटरफाइनलबाट घर फर्किन बाध्य भएको थियो ।

पहिलो हाफ रोनाल्डो बेञ्चमा रहेको क्वाटरफाइनल खेलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपबाट घर फर्किएको हो । यद्यपि, रोनाल्डोलाई बेञ्चमा राखेर खेलिएको स्वीट्जरल्यान्डविरूद्धको खेल भने पोर्चुगलले जितेको थियो । ६८ वर्षियले सान्तोस आठ वर्षदेखि पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot