Logo

उपाधी उचाल्न विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स



काठमाडौं, पुस १ । कतारमा जारी विश्वकप फुटबलमा उपाधिका लागि अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । अहिले दुवै टोली एकअर्काका कमजोर पक्ष केलाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ तयारीमा जुटेका छन्।

आगामी आइतबार दुई टोली उपाधिका हुँदैछ । प्रतिस्पर्धामा मुख्य आर्कषकमा पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी रहेका छन्।

अर्जेन्टिना तेस्रो पटक उपाधिको खोजीमा हुनेछ भने फ्रान्स उपाधि रक्षाका लागि खेल्नेछ। फ्रान्सले उपाधि रक्षा गर्न सके ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्नेछ।

बुधबार साबिक विजेता फ्रान्सले मोरक्कोलाई २–० ले स्तब्ध बनाउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो। यसअघि अर्जेन्टिना साबिक उपविजेता क्रोएसियाको चुनौती पार गर्दै उपाधिनजिक पुगेको छ।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको फ्रान्स र अर्जेन्टिना इतिहास बनाउन ९० मिनेटले मात्र पछाडि छन्। विश्वकपको फाइनल खेल लुसेल मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot