Logo

वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने तयारी 



काठमाडौं, १ पुष । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

निर्वाचनलगत्तै उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि चीन गएका थिए ।

उनलाई क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो । सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुनको जटिल प्रकारको वंशाणुगत जण्डिसको उपचार भएको हो ।

स्वास्थ्यमा सुधार आएकोले उनी एक साताभित्रै नेपाल आउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । उनको साथमा पत्नी ओनसरी घर्तीमगर पनि छिन् ।
file photo



प्रतिक्रिया दिनुहोस्