Logo

नेकपा र सरकारबीच भएका तीन बुँदे सहमति कार्यान्वयनको लागि माईतीघरमा दबाबमूलक कार्यक्रम



काठमाडौं, १ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि उक्त दलको भातृ संगठन अखिल क्रान्तिकारीले दबाबमूलक कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थी संंगठनका अगुवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले ल्याएको अध्यादेश जारी गर्नपनि दबाब दिएका थिए । पछिल्लो समय सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगर्ने षड्यन्त्र गरिएको उनीहरुको आरोप छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot