Logo

शेरबहादुर देउवा त १० वर्ष पहिले नै चाहिँदैनथ्यो, पटकपटक उनी नै चाहिने भएर त यो देश यस्तो भयोः राजनीतिक विश्लेषक



काठमाडौं, २ पुस । राजनीतिक विश्लेषक मुमाराम खनालले अब गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
‘अब पनि पाँच दलीय गठबन्धनले नै मिलीजुली सरकार बनाउनु उपयुक्त हुन्छ ।.अहिलेको ठूलो पार्टी नेपाली कांग्रेस हो । सरकारको नेतृत्वमा उसैले पाउँछ । हाम्रो देशको संकट भनेको राजनीति, नेता र चुनाव भयो । नेताले संमाधान दिन सकेनन् । समस्या यही हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।

कांग्रेसले नेतृत्व गर्न पाउँदा शेरबहादुर देउवाको विकल्प नदेखिएको पनि उनले औंल्याए । खनालले भने, ‘उनको विकल्प कहीं देखिँदैन । व्यक्तिगत हिसाब त शेरबहादुर १० वर्ष पहिले नै चाहिँदैनथ्यो, उनी चाहिने भएर त यो देश यस्तो बन्यो नि । राजनीति होइन, अराजनीति गर्न शेरबहादुर चाहियो, प्रचण्ड चाहियो, केपी ओली चाहियो । सबभन्दा लाजमर्दो कुरा नै यही हो ।’

 



प्रतिक्रिया दिनुहोस्