काठमाडौं, २ पुष । रेशम चौधरीका समर्थकहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको अध्यादेश राम्रो रहेको उनीहरुको भनाई छ । उनीहरुले प्रदर्शनमा ‘रेशमबाद जिन्दावाद’, ‘जनताको लागि लडेको, जेलमै सड्नुपरेको’, ‘हाम्रो देश, राम्रो अध्यादेश’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौ भनन्’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
सरकारले राजनीतिक बन्दीहरुलाई रिहा गर्नेगरि अध्यादेश ल्याएको छ । अहिले उक्त अध्यादेश राष्ट्रपतिको कार्यालयमा पुगेको छ । उनीहरुले अविलम्ब उक्त अध्यादेश जारी गर्नुपर्ने माग गर्दै आएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम