काठमाडौं, २ पुष । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सरकारले आफ्नो मूल पार्टीसँग गरेका तीन बुँदे सम्झौता कार्यान्वयन गर्न दबाब अभियान सुरु गरेको छ ।
हिजोबाट सुरु गरिएको अभियानअन्तर्गत आज प्रदर्शनीमार्गस्थित् आर.आर. क्याम्पस अगाडि संगठनका नेता तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारले तत्काल तीन बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले तीन बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको आरोपपनि लगाउने गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम