काठमाडौं, पुस ३ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन ।
मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो ।
यसको ६ दिनपछि अर्थात् २३ मंसिरदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।
६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ ।
मेलम्ची खोलाबाट २६.५ किलोमिटर सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ । राजधानी दैनिकबाट