Logo

एमालेका उपाध्यक्ष–सचिवसहित चार सांसदविरुद्ध सर्वोच्चमा मुद्दा



काठमाडौं, पुस ३ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चार संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुवीर महासेठ, नेता सुवासचन्द्र नेम्वाङ र महेश बस्नेतविरुद्ध मुद्दा परेको हो । निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेकाले दाबी गर्दै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गरेका हुन् ।

त्यस्तै, इलाम–१ मा महेश बस्नेतले धाँधली गरेरै निर्वाचन जितेको दाबी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदान र मतगणनाको मागसहित सर्वोच्चमा रिट दिएका छन् ।

धनुषा–४ बाट प्राप्त मत परिणामलाई अस्वीकार गर्दै कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले पनि एमाले नेता रघुवीर महासेठले धाँधली गरेको आरोप लगाएका छन् । रूपन्देही–२ मा पुनः मतदानरमतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले नेता विष्णु पौडेलका विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्