Logo

२९ किलोमिटर यात्रा गर्न २५ सय रुपैयाँ गाडी भाडा



जाजरकोट, पुस ३ । जाजरकोटमा यातायात व्यवसायीले मनपरी भाँडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । २९ किलोमिटर सडकमा २५ सय रुपैयाँ भाडा लिँदा यात्रु मारमा परेका हुन् ।

हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदै सदरमुकादेखि पालिकाको प्रशासनिक केन्द्रमा यातायातका साधन सञ्चालनमा आए पनि यात्रा भने सहज नभएको स्थानीयले बताएका छन् । जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिमा यातायातका साधन सञ्चालनमा आए पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्दा नागरिक मारमा परेका छन् ।

कुशे गाउँपालिकाको प्रशानिक केन्द्र भार्मा सदरमुकामदेखि २९ किलोमिटरको दूरी भए पनि यात्रुले २५ सय रुपैयाँ भाडा तिरेर आवतजावत गर्ने गरेका छन् ।

कुशे गाउँपालिका–५ का कमानबहादुर थापाले खलंगादेखि पाँचकाटियासम्म यातायातका साधन सञ्चालनमा आएको २० वर्ष बितेको बताउँदै भने– ‘सडक स्तरोन्नति नहुँदा चर्को भाडा तिर्नु परेको छ ।’

उनले यातायातका साधन पुगे पनि भाडादर वृद्धि हुँदा सर्वसाधारणलाई आवतजावत गर्न कठिन हुने गरेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्