Logo

बैतडीको पाटन नगरपालिकाका ३ जना प्राविधिक कर्मचारी बर्खास्त गर्ने निर्णय



बैतडी, पुस ३ । बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारी बर्खास्त गर्ने निर्णय गरेको छ। नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई शनिबार बर्खास्त गर्ने निर्णय गरेको हो।

शनिबार बसेको नगरकार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए। प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको उपप्रमुख बोहराले बताए।

पाटन नगरपालिकाको निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारवाही गरेको हो। प्राविधिक कर्मचारीहरुले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ।

केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए। नगरपालिकाले प्राविधिक कर्मचारीहरुलाई करारमा राखेको थियो।



प्रतिक्रिया दिनुहोस्