काठमाडौं, पुस ३ । निर्वाचन आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिने भएको छ। आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आज दिउँसो साढे १ बजे आयोगको कार्यालयमा प्रमाणपत्र वितरण गर्न लागेको हो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट सात, जसपा पाँच र जनमतका पाँच गरी ११० समानुपातिक सांसद् छन्।
सातवटै प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिएका २२० सदस्यलाई पनि आजै प्रमाणपत्र वितरण गरिदैछ ।