Logo

मनास्लु वर्ल्ड कलेजद्वारा अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना



काठमाडौं, ३ पुष । मनास्लु वर्ल्ड कलेजले बीबीएसका विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको छ । आज (आइतबार) चाबाहिलस्थित स्मार्ट प्यालेसमा कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो।

काउन्सेलिङ भने चर्चित पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले गरेका थिए । उनले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव साझा गरेका थिए । सो क्रममा उनले भनेका थिए,‘बीबीएस राम्रोसँग पढे विदेश जान जरूरी छैन। देशमै सफल व्यवसायी हुन सकिन्छ।’

कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै कलेज हाल काठमाडौँको एक राम्रो कलजेमा पर्न सफल भएको सुनाएका थिए । कार्यक्रममा कामनपा वडा न–७ का वडा अध्यक्ष विमलकुमार होडा लगायत विभिन्न क्षेत्रमा स्थापित दिग्गजको उपस्थिती रहेको थियो।

प्रमुख अतिथि विमलकुमार होडाले विद्यार्थी शिक्षकसँगै सिङ्गो संस्थालाई नै सफलताको शुभकामना दिएका थिए। सो क्रममा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

https://fb.watch/hvNpWfWmDG/

तस्विर तथा भिडिओ : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्