Logo

दलको नेताको निर्वाचन बुधाबारभित्रै भईसक्छ : प्रवक्ता महत



काठमाडौं, ३ पुष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही बुधबारभित्र संसदीय दलको नेताको निर्वाचन भइसक्ने बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै महतले यस्तो बताएका हुन् । उनले भने, ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंग्गिन्छ ।

उनकाअनुसार आजको बैठकले प्रदेशका संसदीय दलको निर्वाचनका लागि पनि सम्बन्धित कार्य समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसका साथै सातै प्रदेशमा आफ्नो नेतृत्व वा अरुलाई सघाउने भन्ने निर्णय गर्ने जिम्मा पनि प्रदेश समितलाई बैठकले निर्देशन दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्