Logo

पटुकीको पैसाका लागि वृद्धाको हत्या, ५० हजार बोकेर सुसुराली



काठमाडौं, पुस ४ । काठमाडौंको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

महिलाको शव प्रहरीले मङ्सिर २२ गते तारकेश्वर नगरपालिका–३, पारिवन पाखा सामुदायिक वनको खोल्सामा फेला पारेको थियो ।

प्रहरीसँगको बयानमा शिवभक्तले मृतक वृद्धाले चिसापानी चप्पल कारखानामा राहत लिन जान आफूसँग सहयोग मागेको र बाटोमा जाँदै गर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् ।

मृतक वृद्धा आँखासमेत देख्न नसक्ने र साथमा एक लाख रुपैयाँभन्दा बढी बोकेर हिँडने गरेको जानकारी पाएपछि उनले हत्या गर्ने योजना बनाएको बयानका क्रममा बताएका छन् ।

वृद्धा महिलालाई जङ्गलमा पुगेपछि शिवभक्तले ढुङ्गाले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शवलाई खोलामा फ्याँकेर वृद्धाको पटुकीमा भएको अन्दाजी ४५–५० हजार रुपैयाँ लिएर शिवभक्त घर आई परिवारसहित ससुराली पुगेका थिए । आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot