Logo

पहिचानका लागि स्तम्भ ठड्याउने होड



धनकुटा, पुस ४ । । पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् ।

स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपैयाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ ।

धनकुटा नगरपालिकाले धनकुटालाई एभोकाडोको राजधानीका रूपमा घोषणा गर्दै वडा नं ६ स्थित परिचयमोडमा एभोकाडो स्तम्भ निर्माण गरेको छ । त्यस्तै, वडा नं २ स्थित भीरगाउँमा वडा कार्यालयको १० लाख रुपैयाँ र सांसद विकास कोषको १० रुपैयाँको लगानीमा गाँजर स्तम्भ निर्माण गरिएको छ ।

यता धनकुटा नगरपालिकाकै वडा नं ३ कागतेमा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आठ लाख २० हजार रुपैयाँको लागतमा कागती स्तम्भ निर्माण गरिएको छ । धनकुटा नगरपालिकाकै वडा नं १, हिलेमा वडाको पहलमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

केही समययता धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँ खर्च गरेर स्थानको पहिचान तथा चिनारी दिने खालका स्तम्भ निर्माण गर्ने होडबाजी नै चलेको छ । धेरैजसो स्तम्भ स्थानीय वडा कार्यालयकै पहल र आर्थिक लगानीमा निर्माण भएका छन् । आजको गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot