Logo

परिस्थिति मिले एमालेले पनि सरकार बनाउन पहल गर्ने



काठमाडौं, पुस ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।

एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले तत्काल सरकार गठनका लागि कुनै पहल नगरेको र वर्तमान सत्ता गठबन्धन दलहरूले नै पहल गर्ने भएकाले यो विषयमा मौन रहेको बताए। ‘ठुलो दल कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।

तर अवस्था र परिस्थिति आए एमालेले पनि पहल गर्नेछ’, गुरुङले भने। यतिबेला वाम गठबन्धनको सरकार बनाउने चर्चा चलिरहे पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० वर्तमान सत्ता गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा छ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिसकेपछि नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नभएकाले कांग्रेस र माओवादी केन्द्र दुईमध्ये एकले प्रधानमन्त्री लिएर सरकार बनाउनुपर्ने बताए।

‘सरकार वर्तमान सत्ता गठबन्धन दलकै बन्छ, प्रधानमन्त्रीमा हाम्रो दाबी छैन। राष्ट्रपति वा सभामुखको विषय आए हामीले साथीहरूलाई पठाउनेछौं। शक्ति सन्तुलनका हिसाबले कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा राम्रो हुन्छ, त्यसमा अन्य पदहरू मिलाउनुपर्छ’, खतिवडाले भने।

नेकपा (एस)ले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भए आफ्नो पार्टीले पनि सरकारको नेतृत्व गर्न सक्ने जनाएको छ । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot