काठमाडौं, पुस ४ । कामना विकास बैंकले एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ। सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरु गरेको हो।
बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रूपमा एससीटी(युपीआई डेबिट कार्ड सेवाकोे उद्घाटन गरेका हुन्।