Logo

आज उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, पुस ५ । आज देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot