Logo

पूर्वमन्त्री आलेलाई मातृशोक



काठमाडौं, पुस ५ । पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ। ७९ वर्षीया गंगादेवी आलेको आज विहान निधन भएको हो।

उनको अहिले ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ। उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ ल्याईएको थियो।

डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याईएको थियो।

पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot