Logo

टेकबहादुर गुरुङलाई मन्त्री बनाउन देउवामाथि दबाब



काठमाडौं, ५ पुष । नेपाली कांग्रेसभित्र मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई मन्त्री बनाउनुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेसभित्र शालिन नेताको छवि बनाएका नवनिर्वाचित सांसद गुरुङ्लाई अब बन्ने सरकारमा सहभागी गराउनुपर्ने आवाज उठेको छ । सभापति शेरबहादुर देउवाले पनि गुरुङ्लाई सरकारमा सहभागी गराउने रुचि देखाएको चर्चा छ ।

मनाङको हरेक दुःख र सुखमा साथ दिँदै आएका गुरुङको काम गर्ने शैलीबाट कांग्रेस नेतृत्व पनि प्रभावित बनेको छ । उनलाई मनाङका जनताले धेरै मन पराए । श्रम मन्त्रालयमा रहेर काम गरेकोले जनताले उनलाई यसपटक अत्यधिक बहुमतका साथ जिताएर संसद्मा पठाएका छन् । मनाङ्का जनतालेपनि उनलाई मन्त्री भएको देख्न चाहेका छन् ।

खासगरी ०७२ सालमा श्रममन्त्री हुँदा उनले फ्रि–भिसा, फ्रि–टिकटको निर्णय गराएका थिए । उनी यो निर्णयको सूत्रधार भएको कारण तत्कालिन प्रधानमन्त्रीको विश्वासपात्र थिए । गुरुङलाई एकपटक फेरि श्रममन्त्री बनाउनुपर्छ माग छ । अहिले पार्टीका शीर्ष नेताहरुले नै सभापति देउवामाथि गुरुङलाई मन्त्री बनाउन दबाब दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot