काठमाडौं, ५ पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
आलेकी आमा ७८ वर्षीया गङ्गादेवीको आज (मंगलबार) बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उच्च रक्तचापका कारण गएको मङ्सिर ११ गते उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।