Logo

छातीमा संक्रमण भएपछि माधव नेपाल अस्पताल भर्ना



काठमाडौं, ५ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

छातीमा संक्रमण भएपछि अध्यक्ष नेपाल आज (मंगलबार) महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

सुरुमा अध्यक्ष नेपाल रुघाखोकीबाट ग्रसित थिए । पछि छातीमा संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले हेरिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्