Logo

पूर्वराजपरिवार जनकपुर र चितवन जाँदै



काठमाडौं, पुस ६ । पूर्वराजा ज्ञानेन्द शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा सागर तिमल्सिनासहित झापा पुगेका थिए ।

झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ । झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र परिवार जनकपुर भ्रमणमा निस्कन लागेको हो ।

जनकपुरमा उनको परिवार होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ‘क्रिसमस डे’ मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उहाँहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्