Logo

गगन थापाको पक्षमा आश्चर्यजनक नतिजा आउन सक्छः विश्लेषक



काठमाडौं, ६ पुस । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक प्रतीक प्रधानले नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा अनपेक्षित नतिजा आउन सक्ने आकलन गरेका छन् ।
‘सांसदको टिकट बाँडेका आधारमा शेरबहादुर देउवाले जित्ने आधार प्रशस्त देखिन्छन् । तथापि कांग्रेसभित्र रुपान्तरण र परिवर्तनको आवाज जबर्जस्त छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, शेखर कोइराला गगन थापाको पक्षमा उभिएकाले आश्चर्यजनक रिजल्ट आउन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले भने । गगनले संसदीय दलमा थोरै मत प्रभावित पार्न सके अनपेक्षित नतिजा आउने उनको आकलन छ ।

कसलाई जिताउँदा पद र सुविधा के पाइन्छ भन्ने आधारमा कांग्रेस सांसदले मतदान नगर्ने विश्वास उनले लिए । प्रधानले थपे, ‘अहिले नै सांसदले यसो गर्छन, उसो गर्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था छैन । सांसद जनताको प्रतिनिधि हो । उसले विवेकको राजनीति गर्नैपर्छ । उसले परिवर्तन चाहना देखाए भने गगनको विजय हुन्छ । गगनले पुस्तान्तरण र रुपान्तरणको नारा लिएका छन् । कांग्रेस कमजोर भएको खण्डमा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस ठूलो दल भए पनि आज थोरै सिट खुम्चिएको छ । यसलाई पार्टीका सांसदले पक्कै मनन गर्नेछन् ।’



प्रतिक्रिया दिनुहोस्