Logo

४५ भन्दा बढी सांसद साथीहरू गगन थापाको पक्षमा हुनुहुन्छः धनराज गुरुङ



काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले पार्टी संसदीय दलमा गगन थापाको पक्षमा ४५ जना सांसद स्पष्ट उभिएको बताएका छन् ।

‘गगन थापालाई कांग्रेस संसदीय दलको नेतामा एकमतले प्रस्तुत गर्न पाउँदा हामी धेरै खुसी छौं । यसको अर्थ हामी सबै सक्षम हौं । सबै काम लाग्ने हौं र लोकप्रिय पनि हौं । यसमा तपाईंले सक्षम र अक्षमको खाडल कसरी बिजारोपण गर्नुहुन्छ ? गगनलाई हामी आफैंले प्रस्तावक र समर्थक भएर अघि बढाएका छौं । राजनीति हार्दिकताको सम्बन्ध हो । राजनीति यसरी नै एकले अर्कोलाई सहयोग गर्ने अवसर हो । सबै माननीय सदस्यहरुले यसलाई उपयोग गर्नुहुनेछ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने ।

कांग्रेस उपसभापति गुरुङले अहिले दलको नेतामा प्रतिस्पर्धा २०७४ को जस्तो नभएको जिकिर पनि गरे । उनले भने, ‘२०७४ को संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवाविरिुद्ध प्रकाशमान सिंह लड्नुभएको थियो । तर अहिलेको प्रतिस्पर्धालाई दाँज्न मिल्दैन । अहिले हामीसँग रुपान्तरणको बेग छ । पुस्तान्तरणको रेल अगाडि बढिसक्यो । अहिले गगन थापाको पक्षमा ४५ भन्दा कम हुँदैन, बरु बढ्ला । मलाई आशा छ, सांसद साथीहरुले जनताका बीचमा गौरव गर्ने ठाउँ राख्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot