काठमाडौं, ६ पुष । नेकपा (माओवादी केन्द्र) ले भोलि (बिहीबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । एक नेताकाअनुसार सांसदहरुले भोलि संसद् भवनमा शपथ खाएपछि माओवादीले दलको नेता चयन गर्ने भएको हो ।
माओवादीले भोलि अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । माओवादीमा दलको नेताका लागि अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुने देखिएको छ । माओवादीमा दाहाललाई चूनौति दिनेगरि कोही पनि नेता मैदानमा उत्रिएका छैनन् ।
यसअघि हिजो नै एमाले र नेकपा (एकीकृत समाजवादी) ले पनि दलको नेता चयन गरिसकेको छ। एमालेले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) ले माधवकुमार नेपाललार्इृ सर्वसम्मत् रुपमा चयन गरेको हो । file photo/ReportersNepal