काठमाडौं, पुस ७ । मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य सम्पन्न भएसँगै निजी वायुसेवा कम्पनी यती एयरलायन्सले सो विमानस्थलबाट आफ्नो नियमित व्यावसायिक उडान भर्न थाल्ने तयारी गरेको छ ।
सोही तयारीअनुसार यति एयरलाइन्सले आज बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना प्रशिक्षक चालक दलले एटीआर–७२ विमानमार्फत पहिलोपटक प्रदर्शन उडान भर्न लागेको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यस्तो जानकारी गराएका हुन् । यही उडान तयारीका लागि अहिले आपूmहरू पोखरामा पुगिसकेको जानकारी गराउँदै उनले यती एयरलाइन्सले चालक दलका सदस्यलाई यो नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एयरलाइन्सको आन्तरिक तयारीका लागि यस्तो प्रदर्शन (डेमो) उडान भर्न लागेको बताए ।
कम्पनीबाट हुने यस्तो उडानले चालक दलका सदस्यलाई नयाँ विमानस्थलको सम्पूर्ण वस्तुस्थिति’दयगत राम्रो जानकारी हासिल गर्न सहज हुने भन्दै उनले नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरी पोखरामा आगामी १ जनवरीको नववर्षकै दिनबाट यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एयरलायन्सले पनि अहिलेदेखि नै नियमित व्यावसायिक उडान भर्ने तयारी गरेको बताए । राजधानी दैनिकबाट