Logo

दलहरूको ध्यान नयाँ सरकार गठनतिर



काठमाडौं, पुस ७। संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन् ।

प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो ।

सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो । तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्