Logo

सपथग्रहणमा राष्ट्रिय पोशाकमा उपस्थित हुन एमालेको निर्देशन



काठमाडौं, पुस ७ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकासबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको हो ।

एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिट प्राप्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot