Logo

आज थुनामुक्त हुँदै चार्ल्स शोभराज, यस्तो छ तयारी



काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो ।

कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय कारागारमा पुगेपछि उनलाई छाड्ने प्रक्रिया सुरु हुने केन्द्रीय कारागार स्रोतले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतमा पनि शोभराजको अर्को मुद्दा रहेकाले केन्द्रीय कारागारबाट उनलाई भक्तपुर लगिने र त्यहाँ बाँकी प्रक्रिया पूरा गरेर सिधै विमानस्थल लगेर फ्रान्स पठाउने तयारी रहेको स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय रुपमै कुख्यात हत्याराको परिचय बनाएका शोभराज सन् २००३ मा पक्राउ परेका हुन । उनी १९ वर्ष भन्दा लामो समयदेखि नेपालको जेलमा रहेका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए बुधबारबाट कैद मुक्त गर्न आदेश दिएको थियो ।

शोभराजलाई १५ दिनभित्र उनको आफ्नै देश फ्रान्स फर्काउन अदालतले आदेश दिएको छ । उनी मुटु रोगी समेत भएको र ७५ प्रतिशत कैद सजाय भोगिसकेकाले थुनामुक्त गर्न लागिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot