Logo

गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्नेबारे सल्लाह हुँदैछ : प्रचण्ड



काठमाडौं, ७ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

सांसदको शपथ लिएपछि आज (बिहीबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन् ।

उने भने,‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ ।’

पछिल्लो समय गठबन्धनमा सरकारको पहिलो चरणको नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रचण्डको दाबी छ ।

तर, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भने पहिलो चरणमा दाहाललाई प्रधानमन्त्री नबनाउने संकेत गरेका छन् । गठबन्धनको बैठक आज बस्दैछ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot