Logo

‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने



काठमाडौँ,७ पुष । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।

चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । “चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ”, उनले भने ।

हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ ।

चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

“वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ”, कार्यकारी निर्माता शर्माले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot