Logo

अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा–वनारस उडानको तयारी



काठमाडौं, पुस ८ । पूर्णरूपमा निर्माण सम्पन्न नहुँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । विमानस्थलनजिकै समस्याका रूपमा रहेको छिन्ने डाँडा कटान नसकिँदै आगामी जनवरी १ बाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो ।

नागरिक उड्डयनको अन्तर्राष्ट्रिय नियमअनुसार विमानस्थलनजिक हुन नहुने डम्पिङ साइट नहटाइँदै उडानको तयारी सौर्य एयरलाइन्सले गर्न लागेको हो ।

विमानस्थलका लागि आवश्यक पर्ने नेटवर्क सडक र ग्राउन्ड ह्यान्डलिङका लागि सम्पूर्ण कार्य नसकिँदै उडानको तयारी गरिएको हो । यद्यपि व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बिहीबार विमान अवतरण गरिएको छ ।

पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको हो । यसअघि नयाँ विमानस्थलमा क्यालिब्रेसन उडान सम्पन्न भइसकेकोे छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot