Logo

शोभराजले पाए कैद छुट पुर्जी



काठमाडौं, पुस ८ । भक्तपुर र काठमाडौं जिल्ला अदालतले कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजका लागि बिहीबार कैद छुट पुर्जी पठाएका छन्।

सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।

भक्तपुर जिल्ला अदालतले शोभराजलाई २०८० साल असोज १ सम्म कारागारमा बस्नुपर्ने फैसला गरेको थियो। सर्वोच्चको आदेश बमोजिम जिल्ला अदालतले शोभराजलाई कैद छुट पुर्जी पठाएको हो। यता काठमाडौं जिल्ला अदालतमा शोभराजविरुद्ध जाली राहदानी र ज्यान मार्ने उद्योगसम्बन्धी दुईवटा मुद्दा चलेका थिए।

त्यसै विषयमा केन्द्रीय कारागार काठमाडौंले जिल्ला अदालतले काठमाडौंलाई पत्राचार गरेको थियो। काठमाडौं अदालतले भक्तपुर जिल्ला अदालतले पठाएको पत्रानुसार जवाफ पठाएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। ‘कारागारले काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएको थियो।

त्यसको जवाफ पठाइएको छ। भक्तपुर जिल्ला अदालतले नै भने बमोजिम पठाइएको छ,’ सूचना अधिकारी दाहालले भने। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot