Logo

प्रतिनिधि सभाका २ जना सदस्यको शपथ ग्रहण आज



काठमाडौं, पुस ८ । बिहिबार शपथ ग्रहण गर्न छुटेका ४ जना मध्ये २ जना प्रतिनिधि सभाका सदस्यले आज शपथ ग्रहण गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अहिले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्