काठमाडौं, ८ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता एवम् प्रतिनिधिसभाका सदस्य गोकुलप्रसाद बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई दिन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन्–‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिदै छ।विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो।अस्थीरता नेपालको अभिशप्त नियती भो।देउवाले प्रचण्डलाई छोडे हुने।गठबन्धन नै गांठो नपरोस।शुभकामना ।’ नयाँ सरकार गठनमा दलहरु जुटिरहेको बेला नेता बाँस्कोटाको यस्तो भनाई आएको हो ।
नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिदै छ।विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो।अस्थीरता नेपालको अभिशप्त नियती भो।देउवाले प्रचण्डलाई छोडे हुने।गठबन्धन नै गांठो नपरोस।शुभकामना!!!
— Gokul Prasad Baskota (@GokulPBaskota) December 23, 2022
पछिल्लो समय प्रचण्डले कांग्रेससँग सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर, कांग्रेस भने पहिलो चरणमा सरकारको नेतृत्व गर्न प्रचण्डलाई दिन तयार देखिएको छैन् । कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व गर्न नदिए एमालेसँग सहकार्य गर्ने माओवादीको तयारी छ । एमालेले माओवादीलाई प्रधानमन्त्री दिने वचन दिएको छ ।