Logo

नेपाल मेडिसिटी बयोधा अस्पतालमा बेसिक लाइफ सपोर्ट तालिम सम्पन्न



काठमाडौं, ८ पुष । आकस्मिक अवस्थामा मानिसहरुलाई आवश्यक पर्ने जीवनरक्षाका तरिका, सीप र ज्ञानलगायतका विषयहरुमा करिब १ सय जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिईएको छ । नेपाल मेडिसिटी बयोधा अस्पतालमा पौस ६ गतेदेखि ८ गतेसम्म आयोजना भएको तीन दिने बेसिक लाइफ सपोर्ट तालिममा दुर्घटना वा अन्य कारणले बेहोस भएका, हर्ट–अट्याक लगायतका आकस्मिक उपचार आवश्यक भएकाहरुको जीवन रक्षा गर्ने तरिकाहरु सिकाईएको अस्पतालकी एसिस्टेन्ट मेडिकल सुपरिन्टेन्डेन्ट डा. स्वेता झाले बताईन् ।

तालिममा कार्डियोपल्मोनरी रिसक्सिटेसन अन्तर्गत बालबालिका, नवजात शिशु तथा वयस्कहरुलाई प्रदान गरिने आकस्मिक सेवाको प्रयोगात्मक तथा सैद्धान्तिक दुवै ज्ञान दिईएको डा. झाले जानकारी दिईन् । त्यसैगरि घाँटीमा खानेकुरा लगायतका सामान अड्किएमा कसरी निकाल्ने र सोको प्रारम्भिक उपचार कसरी गर्ने सम्बन्धमा पनि सिप तथा जानकारीहरु प्रदान गरिएको अस्पतालकी डेपुथी नर्सिङ सुपरिटेण्डेन्ट विद्या गुप्ताले बताईन् ।

उपचारका लागि अब वीरगञ्ज बाहिर जानु नपर्ने र सम्भव भएसम्म सबै उपचार आफूहरुले वीरगञ्जमै सम्भव बनाउने प्रयास गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । सोही प्रयासस्वरुप आफूले आफ्नो अस्पताल तथा सहकर्मी अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि तालिम प्रदान गरिएको उनको भनाई छ ।

नेपाल मेडिसिटी काठमाडौंका बेसिक लाईफ सपोर्ट प्रशिक्षकहरु ज्ञानीदेवी महर्जन, रेनु चौधरी, रेजिना सिलवाल र गीता चौधरीले तालिम दिएका थिए भने पर्सा र बाराका विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरुसमेत तालिममा सहभागी भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot