काठमाडौं, ८ पुष । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वामपन्थीहरु मिल्नुपर्नेमा जोड दिएका छन् । उनले मुलुक र जनताको लागि पनि अब वामपन्थीहरु एकैठाउँमा उभिनुपर्ने बेला आएको आवश्यकत्ता औंल्याएका हुन् । आज (शुक्रबार) सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सत्ता गठबन्धनको कुनै उद्देश्य नभएकाले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखे । ‘अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ। मुलुकलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको छ। गठबन्धनको कुनै लक्ष्य छैन’, उनले भने,‘त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ।’