Logo

प्रतिनिधिसभा सदस्यको सपथ लिएको भोलिपल्ट बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा



काठमाडौं, ८ पुष । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले आज (शुक्रबार) प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पाण्डे प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए ।

उनले हिजोमात्रै संघीय सांसदको रुपमा सपथ खाएका थिए । सपथ खाएको भोलिपल्ट आज उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनी नेकपा (एकीकृत समाजवादी) का नेता हुन् ।



प्रतिक्रिया दिनुहोस्