Logo

संगठित तस्करीको केन्द्र बन्दै मधेस प्रदेश



सप्तरी, पुस ९ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरीको अस्थायी पोस्ट गोविन्दपुरका इन्चार्ज (असई) सत्यनारायण यादवको शव भारतको मधुवनी जिल्लामा पर्ने घोरदह खोलामा फेला पर्‍यो । यादव तस्करविरुद्ध लागेपछि सहकर्मी प्रहरी जवानकै मिलेमतोमा उनको हत्या भएको आशंका छ ।

यादवको हत्यामा संलग्न आरोपमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार खत्री कारबाहीस्वरूप सहायक हवलदारबाट घटुवा भएका थिए ।

असई यादवको हत्यामा खत्रीसमेतको संलग्नता रहेको अनुसन्धान स्रोत बताउँछ । छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो । उक्त नाका भएर हुने तस्करी रोक्न यादव लागेपछि यो धन्दामा सघाउँदै आएका जवान खत्री बिच्किएको स्थानीय बताउँछ ।

यादव सीमानाकाबाट हुने तस्करी र अवैध कारोबारको विपक्षमा थिए । ‘खत्री माथिल्लो कमान्डका लागि तस्करसँग सेटिङ मिलाउने गर्थे,’ एक स्थानीयले भने, ‘भित्री कुरा त थाहा भएन तर असई यादवको हत्याको कारण तस्करीसम्बन्धी विवाद नै हुनुपर्छ ।’ आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot