Logo

पहिलो चरणको प्रधानमन्त्रीको दाबीबाट आफू ब्याक नहुने रामचन्द्रसँग प्रचण्डको अडान



काठमाडौं, ९ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो दाबी रहने अडान कायमै रहेको बताएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रुपमा आफूलाई भेट्न आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दाहालले आफूले नै सरकारको नेतृत्व पहिलो चरणमा गर्न पाउनुपर्ने अडान राखेका हुन् ।

उनले यसअघि कांग्रेसलाई आफूले सरकारको नेतृत्वमा पुर्याएको भन्दै अब पहिलो चरणमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडानमात्रै राखेनन् । कांग्रेस सरकारको नेतृत्व आफूलाई सुम्पिन तयार नभए एमालेसँग मिल्ने पनि उनले चेतावनी दिए ।

रामचन्द्रले भने सो भेटमा गठबन्धन कायम राख्न जोड दिएका थिए । लगत्तै पौडेलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा पनि पौडेलले गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्