Logo

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक सुरु, को-को छन् सहभागी ?



काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ । नयाँ सरकार गठनको लागि गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले सरकारको नेतृत्वमा दाबी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको पहिलो चरणको नेतृत्व आफूले गर्नुपर्ने बताउँदै आएका छन् । त्यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग स्पष्ट रुपमा अडान राखिसकेका छन् । तर, सभापति देउवा भने पहिलो चरणको नेतृत्व आँफैले गर्ने अडानमा छन् ।

आज साँझसम्म गठबन्धनमा शीर्ष नेताहरुबीच नयाँ सरकारको लागि वारपार हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले प्रधानमन्त्री बन्न ढिला गरेकोले अब त्यो सम्भावना नरहेको टिप्पणी गरेका छन् । माओवादी नेताहरुले एमालेसँग पनि सत्ता सहकार्यको लागि निरन्तर सम्वाद जारी राखेका छन् ।

बालुवाटारको बैठकमा कांग्रेसबाट सभापति देउवासहित नेताहरु पूर्णबहादुर खड्का र बालकृष्ण खाँण सहभागी छन् । उता, माओवादीबाट अध्यक्ष दाहाल र महासचिव देवप्रसाद गुरुङ सहभागी छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेता प्रमेश हमाल छन् । जनमोर्चाबाट चित्रबहादुर केसी आँफै सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot