Logo

बालुवाटार बैठक निश्कर्षविहीन, भोलि विहान पुनः बैठक बस्ने



काठमाडौं, ९ पुष । सत्ता गठबन्धनको बैठक भर्खरै सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिनानिश्कर्ष टुँगिएको हो । अब बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनमा सहमति हुन सकेको छैन् ।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक रहेको भन्दै भोलि विहानसम्म निश्कर्षमा पुगिने विश्वास दिलाए । उनले आजको बैठकमा गठबन्धनलाई निरन्तरता दिनेबारे गम्भीर समिक्षा भएको सुनाए ।

सरकारको नेतृत्वबारे पनि सहमतिमै टुँगो लगाउने उनको भनाई छ । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दाबी छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot