काठमाडौं, पुस १० । चालू आर्थिक वर्षको चार महिनामा नेपालको कुल जनसंख्याको तुलनामा बैंकमा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको एक प्रतिवेदनले चार महिनामा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको पाइएको हो ।
प्रतिवेदन अनुसार, सो अवधिमा निक्षेप र कर्जाको गरी ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् । जसमा ४ करोड ७४ लाख २४४ निक्षेप खाता र १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खोलिएका छन् ।
प्रतिवेदनले नेपालमा बचत खाता मात्रै नेपालको जनसंख्या भन्दा ५८.१३ प्रतिशतले बढी रहेको देखाएको छ । नेपालको जनसंख्या २ करोड ९९ लाख ७४ हजार ३ सय ६० जना रहेको छ । आजको कारोबार दैनिकबाट