Logo

प्रधानमन्त्री वा राष्ट्रपति नपाए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुईमध्ये एक पनि नपाए गठबन्धन छोडेर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले दुवै पदमध्ये एक पनि नपाएको अवस्थामा प्रतिपक्षमै बस्ने निर्णय गरेको एक नेताले जनाए ।

उनकाअनुसार पहिलो चरणको प्रधानमन्त्रीमा माओवादीको दाबी यथावत छ । माओवादीले कांग्रेस सहमतिअनुसार अघि नबढेको पनि निश्कर्ष निकालेको छ। चुनावअघि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि बन्ने सरकारको नेतृत्व माओवादीलाई दिने भद्र सहमति गरेको ती नेताको दाबी छ ।

तर, अहिले चुनावलगत्तै देउवा सहमतिबाट पछि हटेको उनको आक्रोश छ । अहिले प्रचण्ड आफ्नो बटमलाईन सुनाउन बालुवाटारमा छन् । प्रचण्डले देउवासँग वान टु वान भेटवार्ता गरिरहेका छन् । प्रचण्डले भने सहमति नभए आजै गठबन्धन छोडेको घोषणा गर्ने तयारी गरेका छन् । उनी देउवासँग आज वारपार गर्नेगरि बालुवाटार पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्